१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा एकजुट भएर अघि बढ्ने

प्रमुख सचेतकहरुको निस्कर्षः संसदलाई प्रभावकारी बनाउँदै कानून निर्माणमा एकजुट भएर अघि बढ्ने
अ अ+ अ-

काठमाडौँ । संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ ।

शुक्रवार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताउनु भयो । उहाँले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबीच सहमति भएको बताउनु भयो । उहाँले कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं । हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं । सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ । र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं ।’

‘विषेशगरी प्रतिपक्ष र हामी चार वटा दलहरुका प्रमुख सचेतकहरुको मुख्यतया संसदमा विचाराधिन विधेयकहरुका बारेमा विपक्षीको धारणाका विषयमा पनि छलफल ग¥यौं । र लामो समयसम्म सरकारले संसदमा विधेयक दिने र संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई अगामि दिनमा कसरी अगाडि बढाउन सक्छौं । अगामि दिनमा सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो छरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भुमिका खेल्ने हो ? हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने रु यी लगायतका विषयमा हामीले छलफल ग¥यौं । आम रुपमा हाम्रो आजको बैठकको निश्कर्ष भनेको संसदको प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिंगो दलहरु एक ठाउँमा उभिएर काम गर्ने निस्कर्षमा पुग्यौैं ।’

बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनुहुन्थ्यो ।