२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भको अन्तर्राष्ट्रिय महत्वः विदेशी प्रतिनिधि प्रयागराजमा



अ+ अ-

प्रयागराज (उत्तर प्रदेश) । उत्तर प्रदेश सरकारद्वारा आयोजित भव्य महाकुम्भले अहिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको छ । यसै अन्तर्गत बिहीबार विभिन्न १० देशका प्रतिनिधि सम्मिलित २१ सदस्यीय प्रतिनिधिमण्डलले प्रयागराजको सङ्गमको भ्रमण गर्नुभएको छ ।

गुयानाका दिनेश पर्साउदले एएनआईसँग कुरा गर्दै गङ्गा नदीमा पवित्र स्नान गरेपछि आफ्नो खुशी र सन्तुष्टि व्यक्त गनुभयो । “मेरो सपना साकार भएको छ । म सधैं यहाँ आएर गङ्गा नदीमा पवित्र स्नान गर्न चाहन्थें । मैले त्यो इच्छा पूरा गरेको छु ।”

पर्साउडले अरूलाई कार्यक्रममा भाग लिन प्रोत्साहित गर्नुभयो । “म यहाँ आउनेहरूलाई पवित्र गङ्गा नदीमा स्नान गर्न प्रोत्साहित गर्दछु,” उहाँले थप्नुभयो ।

संयुक्त अरब इमिरेट्सका साली अल अजब विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम कुम्भ मेलाको अनुभव लिन प्रयागराज गएका धेरै अन्तर्राष्ट्रिय तीर्थयात्रीहरूमध्ये एक हुन् ।

अल अजबले कार्यक्रमको आयोजनाको प्रशंसा गर्दै भन्नुभयो,“म मध्य पूर्वबाट भारत आएको छु । यो संसारको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम हो । यहाँ सबै कुरा राम्रोसँग आयोजना गरिएको छ । सुरक्षाका लागि प्रहरी तैनाथ छ । सरकारले राम्रो व्यवस्था गरेको छ ।”

भारत सरकारको विदेश मन्त्रालयको विदेश प्रचार तथा सार्वजनिक कूटनीति महाशाखाले निमन्त्रणा गरेको प्रतिनिधिमण्डल बुधबार भारत आइपुगेको हो ।

उत्तर प्रदेश राज्य पर्यटन विकास निगमले विकसित गरेको अरैलको टेन्ट सिटीमा प्रतिनिधिमण्डलको बसाइको व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा फिजी, फिनल्याण्ड, गुयाना, मलेसिया, मौरिसस, सिङ्गापुर, दक्षिण अफ्रिका, श्रीलङ्का, ट्रिनिडाड एण्ड टोबागो र संयुक्त अरब इमिरेट्स (युएई)का प्रतिनिधि सहभागी छन् ।

पैँतालिस दिनसम्म चल्ने महाकुम्भको चौथो दिन बिहीबार बिहान यहाँको त्रिवेणी सङ्गममा हजारौं भक्तजनले पवित्र स्नान गरेका छन् ।

विश्वको सबैभन्दा ठूलो धार्मिक मण्डलीमा छ करोडभन्दा बढी भक्तजन सहभागी भएका छन् । यसैबीच, तीर्थयात्रीहरूको ठूलो भीडलाई ध्यानमा राख्दै प्रयागराज प्रशासनले एआई–आधारित कम्प्युटराइज्ड खोज केन्द्र स्थापना गरेको छ ।

जनवरी १३ गतेबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ गतेसम्म चल्ने छ ।