६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको बताउनु भयो । उहाँले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताउनु भयो । ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उहाँले बताउनु भयो । स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाएँ रहेको बताउनु भयो । उहाँले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो दास्रो कार्यकालसहित मेयर भएको साढे सात वर्ष भयो । यो समयमा हामीले धेरै वटा पोखरीहरु पुनर्निर्माण ग¥यौं । तिमध्ये सबैभन्दा ठूलो परियोजना लगनखेलको पोखरी हो । जुन हालसालै पुनर्निर्माण भएको छ । हामी सानो छँदाखेरि त्यहाँ खेल मैदान जस्तै थियो । पहिला त्यो ठाउँका पोखरी र फुटबल मैदानहरु आर्मीले लिएको थियो । अहिले हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौं । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तिमा पनि १० प्रतिशत ठूला ठाउँको आवश्यकता छ । तर हामीसँग तीन प्रतिशत मात्र ओपन स्पेस छ । ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन । मैले मेयर भएपछि कसैपनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु । पहिले नै सबै लिसक्यो अहिले मसँग तीन प्रतिशत मात्र जग्गा बाँकी छ । म यो चाहीँ घटाउन चाहन्न ।’

उहाँले महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनु भयो ।