२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमन्त्री यादवको दाबीः ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याइसक्यौं



अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा समेत गर्नुभयो । उहाँले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौं । हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो । तर अब जुन हाम्रो काम हुन्छ । त्यो सबै कामहरु प्रभावकारी रुपमा अगाडि बढ्छ । नेपाल विपद्को जोखिममा रहेको देश भएको हुनाले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु । त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ । अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतिको पनि सामना गर्नुपरेको छ । अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पुर्याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउन सकेका छैनौं । त्यसको लागि हामी निरन्तर लागिपरेका छौं । मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउँछौं । यो मेरो प्रतिवद्धता पनि छ । अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौं । यो पर्याप्त छैन । यसले जनता बिरामी हुने तथा प्रकोपहरु फैलिने खतरा छ । त्यसकारणले गर्दा ५७ प्रतिशत पुर्याउनका लागि हामी लागिपरेका छौं । यो अठोट लिएर म अघि बढेको छु ।’

उहाँले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताउनु भयो ।