१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज होः शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रमा कुनै वहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य नभएको बताएका छन् ।

बुधबार जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणबारे सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज भएको बताएका छन् । उनले यस्ता कार्यमा निन्दा गर्नुपर्ने बताउदै दोषिमाथि कारवाही गर्न माग गरेका छन् ।

बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाको स्ट्याटस यस्तो छः

लोकतन्त्रमा कुनै वहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो । यस्ता कार्यको सवै मिलेर निन्दा गरौं । दोषिमाथि कारवाही गर्न ढिला नगरौं ।