१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

आशिका तामाङको चस्मामा क्यामेरा !

आशिका तामाङको चस्मामा क्यामेरा !
अ अ+ अ-

काठमाडौं । बुधबार पक्राउ परेकी सामाजिक अभियन्ता तथा अभिनेत्री आशिका तामाङको चस्मा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङले प्रहरी नियन्त्रणमा हुनुअघि फेसबुकमा भिडियो राखेकी थिईन् । उनको राखेको भिडियोमा वरीपरी कसैले पनि भिडियो खिचेको जस्तो देखिएको थिएन ।यति मात्र हैन, प्रहरीले पनि भिडियो नबनाउन अनुरोध गरेका थिए । तर, आशिकाले फेसबुकमा हालेको भिडिओ मोबाइल क्यामेराबाट खिचेका जस्तो नदेखिएपछि धेरैले उनको चस्मामा क्यामेरा जडान भएको अनुमान लगाएका छन् ।

आशिकाले डिसेम्बर २३ मा सार्वजनिक गरेको चस्मा लगाएको फोटोमा दुई ओटा क्यामेरा स्पष्ट देखिन्छन् । जर्मनीबाट फर्केपछि उनले यस्तै चस्माबाट खिचिएका भिडिओहरू पोस्ट गरिरहेकी थिइन् । जर्मनी मै हुँदा पनि उनले पोष्ट गरेको एक भिडियामा छोराले चस्म्माको बारेमा साधेका थिए । आशिकाले छोराले नया चस्माबारे सोधेको बताएकी थिईन् । त्यसपछि उनले राखेका अधिकांश भिडिओ सोही चस्माबाट खिचिएको देखिन्छ ।

गत पुष २२ गते आशिकाले पशुपति क्षेत्र विकास कोष परिसरमा भएको विवादमा एक भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । उक्त घटनाको भिडिओ पनि उनले चस्माबाटै खिचेकी थिइन् ।

तामाङले प्रयोग गरेको चस्मा फेसबुकको माउ कम्पनी मेटा र रेबनले सहकार्य गरी बनाएको हो । मेटाले यो चस्मा पहिलो पटक २७ सेप्टेम्बर २०२३ मा सार्वजनिक गरेको थियो । यस्तै, २०२४ मा कम्पनीले लाइभ भिडिओ स्ट्रिमिङ र मेटा एआई जस्ता विशेषतासहित नयाँ भर्सनको चस्मा सार्वजनिक गरेको थियो । १२ मेगापिक्सेलको क्यामेरा रहेको उक्त चस्माबाट तीन मिनेटसम्मको भिडिओ खिच्न सकिन्छ । यो चस्माबाट सिधैँ मेसेन्जर र ह्वाट्सएपमा भिडिओ कल समेत गर्न मिल्छ ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा तामाङलाई प्रहरी वृत गौशलाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।