१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी

गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी
अ अ+ अ-

एजेन्सी । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार सम्मेलनमा गाजा पट्टीका दुई लडाकूबीच सम्झौता भएको र उनीहरुबीचको युद्धविराम आइतबारदेखि लागू हुने बताएका छन् । उहाँले भन्नुभयो, “हामी आशा गर्दछौं कि यो युद्धको अन्तिम चरण हुनेछ । सबै पक्षहरू यस सम्झौताका सबै सर्तहरू कार्यान्वयन गर्न प्रतिबद्ध हुनेछन् भन्नेमा हामी पूर्णतया विश्वस्त छौँ।”

मध्यस्थताकर्ताहरूले सम्झौता भएको बताएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सम्झौताका ‘अन्तिम बिषयमा’ मा काम भइरहेको बताएको छ । नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरी सम्झौतामा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणका क्रममा बन्धक बनाइएकाहरूलाई फिर्ता ल्याउनका लागि यो सम्झौता ‘सही कदम’ भएको बताएका छन् ।

इजरायलको इतिहासमै सबैभन्दा घातक उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।

हमास आक्रमणको बदलामा इजरायलले गाजामा चलाएको कारबाहीमा गाजाको अधिकांश भाग ध्वस्त बनेको छ भने कारबाहीका क्रममा ४६ हजार ७०७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजाको नागरिक सुरक्षा निकायले सम्झौताको घोषणापछि इजरायली आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ।

यसैबीच बाइडेनले यो दिन आएकोमा आफू निकै सन्तुष्ट रहेको बताउँदै वार्तालाई आफ्नो करियरको ’सबैभन्दा कठिन’ भएको बताएका छन् ।

उनले सम्झौताको दोस्रो चरणको सम्झौताले ’युद्धको स्थायी अन्त्य’ गर्ने बताउँदै सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए ।

बन्धकहरूको रिहाईको माग गर्दै तेल अभिभमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले सम्झौताको समाचार सुनेपछि आपसमा अँगालो हाल्दै खुशी व्यक्त गरेका थिएभने गाजामा पनि हजारौँले सम्झौतापछि खुशियाली मनाएका थिए।

“म विश्वास गर्न सक्दिन कि एक वर्ष भन्दा बढीको यो दुःस्वप्न अन्ततः समाप्त हुँदैछ। हामीले धेरै मानिस गुमाएका छौं, हामीले सबै कुरा गुमाएका छौं,” गाजा शहरमा आफ्नो घरबाट विस्थापित ४५ वर्षीया रन्डा समीहले भन्नुभयो ।

हमासले युद्धविराम ‘हाम्रा महान् प्यालेस्टाइनी जनताको महान् दृढता र गाजा पट्टीमा हाम्रो बहादुरीपूर्ण प्रतिरोधको परिणाम’ भएको बताएको छ ।

मध्यस्थताकर्ता कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले सम्झौतालाई मजबुत बनाउने प्रयासलाई तीव्र बनाएपछि पछिल्ला दिनहरूमा युद्ध अन्त्य गर्न दबाब बढेको थियो।

कतारका शेख मोहम्मदले कायरोस्थित एक निकायमार्फत तीनै देशले युद्धविराम कार्यान्वयनको अनुगमन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रारम्भिक ४२ दिनको युद्धविरामको क्रममा महिला, बालबालिका र वृद्ध साथै बिरामी र घाइतेसहित ३३ जना बन्धकलाई रिहा गरिनेछ । साथै, पहिलो चरणमा इजरायली सेना गाजाको घना बस्ती भएका क्षेत्रहरूबाट पछि हट्नेछन् र आदानप्रदानका साथै ‘विस्थापित मानिसहरूलाई उनीहरूको निवासमा फर्काइनेछ’।”

दोस्रो र तेस्रो चरणमा इजरायली बन्धकहरूको बदलामा रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सङ्ख्यालाई प्रारम्भिक युद्धविरामको ४२ दिनमा ‘अन्तिम रूप’ दिइने उहाँले बताउनुभयो ।