३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार



अ+ अ-

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार चक्कु प्रहार भएको छ ।

बिहान करिब २ः ३० बजे मुम्बईस्थित खारमा रहेको उनको आफ्नै घरमा चक्कु प्रहार भएको हो। सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको छ ।

चक्कु प्रहारबाट गम्भिर घाईते भएका सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । उनको अहिले सफल शल्यक्रिया भएको छ । सैफलाई ६ पटक छुरा प्रहार गरिएको र तीमध्ये दुईवटा घाउ गहिरो रहेको अस्पतालका सीओओ डा. नीरज उत्तमानीले बताए । डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छन् ।

आक्रमणमा परी सैफसँगै उनको घरमा काम गर्ने एक कामदार पनि घाइते भएकी छन् ।

आक्रमणको समयमा परिवारका अन्य सदस्यहरू कहाँ थिए भन्ने जानकारी हालसम्म उपलब्ध छैन। करिश्मा कपूरले ९ घण्टाअघि इन्स्टाग्राम स्टोरीमा पोस्ट सेयर गरेकी थिइन् । उनले अभिनेत्री सोनम कपुर, रिया कपुर र दिदी करिश्मासँग पार्टीको स्टोरी पोष्ट गरेकी थिईन् ।

डीसीपी गेडामले यस घटनामा अनुसन्धान भइरहेको बताएका छन् । अहिलेसम्म कोही पक्राउ परेका छैनन् । आक्रमणकारी को थिए भन्ने खुल्न सकेको छैन ।

मिडिया रिपोर्टका अनुसार मुम्बई पुलिसले सैफको घरबाट तीन जनालाई सोधपुछका लागि पुलिस स्टेसन लगेको छ। यसैबिच मुम्बई क्राइम ब्रान्चको टोली पनि यस विषयमा अनुसन्धान गर्न सैफको घर पुगेको छ ।