२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’



अ+ अ-

म्याग्दी, (बेनी) । म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ ।

बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा बुधबार पुर्ख्यौली नाच प्रतियोगिता गरिएको हो ।

विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका–३ मुना पुर्ख्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका–८ को काफलडाँडा पुर्ख्यौली समूह द्वितीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद रु ३५ हजार एक सय र उपविजेतालाई नगद रु २० हजार एक सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा सहभागी बिम पुर्ख्र्यौली समूह, ओखोरबोट पुख्र्यौली समूह, निस्कोट पुख्र्यौली समूह, पाखापानी पुख्र्यौली समूह, चिमखोला पुर्ख्र्यौली समूह र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको पुर्ख्यौली समूहलाई रु आठ हजारको दरले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, प्रमुख जिल्ला अधिकारी गुरुदक्त ढलका, सङ्घका प्रथम उपाध्यक्ष एवं कलासंस्कृति प्रतियोगिता उपसमितिका संयोजक लिलाराम गौतम, मगर सङ्घ जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर पुनलगायतले विजेता र उपविजेता समूहलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

महोत्सवमा आयोजित पुर्ख्यौलीलगायतका मौलिक कला र संस्कृतिको प्रतिस्पर्धाले महोत्सवस्थल सङ्गीतमय बनेको छ । महोत्सवमा समावेश लोकदोहोरी प्रतियोगिता आकर्षण बनेको छ । लोक संस्कृतिको उर्वर भूमिका रुपमा परिचित म्याग्दीमा केही वर्ष अघिसम्म प्रत्यक्ष दोहोरी ओझेलमा पर्दै आए पनि यस पटकको महोत्सवमा भने सहभागीको सङ्ख्या बढेको छ भने लोकदोहोरीको रौनक बढेको छ ।

महोत्सवमा विभिन्न १६ समूहले प्रत्यक्ष लोकदोहोरी प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्लाभित्रका साथै बाहिरबाट समेत प्रत्यक्ष दोहोरीका लागि कलाकारको समूह महोत्सवमा आइपुगेका छन् । पुरानो संस्कृतिको रुपमा रहेको प्रत्यक्ष दोहोरीले महोत्सवमा आउने दर्शकको आकर्षण बढाएको छ । प्रत्यक्ष दोहोरीमा कलाकारको घम्साघम्सीले बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाको ध्यान तानेको छ ।

परम्परागत मेला जात्राको मुख्य मनोरञ्जनको माध्ययम बनेको प्रत्यक्ष दोहोरीलाई जोगाउन र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । “लोकदोहोरी गीत प्रतियोगिता महोत्सवकै मुख्य प्रतियोगिताको रुपमा रहेको छ”, आयोजकले कलाकारलाई खाली हात फर्कन नपर्ने गरी पुरस्कारको व्यवस्था गरेको कारण पनि टाढाटाढाबाट सहभागी हुन कलाकार आउनुभएको छ”, अध्यक्ष जिसीले भन्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख एक हजार, एक सय, द्धितिय हुनेलाई नगद रु ६१ हजार एकसय, तृतीय हुनेलाई नगद रु ३० हजार एक सय र सान्त्वना हुनेलाई नगद रु १५ हजार एक सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यसैगरि गायक/गायिकालाई नगद रु दुई हजार पाँच सय नगद पुरस्कारका साथै कलाकारलाई भक्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलाई समावेश गरिएको महोत्सवमा भजन, रत्यौलीलगायतका प्रतियोगितालाई समावेश गरिएको छ । रासस