२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको विपक्षी दलको ठहर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमको शैली अपनाएको विपक्षी दलको बैठकले ठहर गरेको छ ।

बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सो ठहर गरेको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।

सहकारीको विषयमा सत्तारुढ दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर गरिएको उनले बताए । उनले भने, ‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि यस किसिमको दमन व्यवहार राज्यको प्रतिशोध हो भन्ने बैठकको निष्कर्ष रह्यो’।