२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको तर्कः रविलाई थुनामै पठाइयोस्



file photo
अ+ अ-

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी रहेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेकमा ५ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यस मुद्दामा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरिसकेका छन् ।

उनीहरूले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क छ । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको भनाई छ ।

स्वर्णलक्ष्मी सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ गोरखा मिडियामा गएको देखिएको भन्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर ४९ करोड खर्च गरेको देखिएको जिकिर गरे । अन्य न्यायाधीशहरुले पनि लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने बताए ।

जाहेरवालको तर्फबाट अझै ६ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको छ । रविको तर्फबाट पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले बहस गर्न लागेका छन् ।

दुवै पक्षको बहस सकिए पछि न्यायाधीशले रविलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने निर्णय लिनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।