७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि फेरि प्रहरी हिरासतमा, थुनछेक बहस भोलि जारी रहने



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा आज सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

तर अदालतले थुनछेक बहसको बाँकी कार्य नसकिएको भन्दै रविलाई प्रहरीको जिम्मा लगाएको छ । अदालतको आदेशपछि रविलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको छ ।

न्यायाधीश माधव अधिकारीको इजलासमा भएको बहसमा रवि पक्षका कानुन व्यवसायीहरु सुशील पन्त र रमण श्रेष्ठले भने रविलाई परिवार वा कानुन व्यवसायीको जिम्मा लगाउन माग गरेका थिए ।

स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लागेका उनी आजै जिल्ला अदालतमा उपस्थित भएका थिए ।

लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रबिसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका थिए । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगीमा पनि उनी प्रतिवादी थिए ।

तस्वीर : गोपाल दाहाल/रासस