२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत: कांग्रेस नेता सत्तार

संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमति विपरीत: कांग्रेस नेता सत्तार
अ अ+ अ-

बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले नेकपा एमालेसँग २०८४ सालमा हुने चुनावमा जाने कुनै एजेन्डा नै नभएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिबार गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेता सत्तारले नेकपा एमालेसँग २०८४ को निर्वाचनका लागि कुनै एजेन्डा नभएपछि संविधान संशोधनको सहमतिबाट पछि हटेको बताएका हुन् ।

नेता सत्तारले भने– ‘नेकपा एमालेसँग २०८४ को निर्वाचनमा जान कुनै एजेन्डा छैन । अब हिजो मुलुकलाई स्थिरता दिने र संविधानमा रहेका कमी–कमजोरी सुधार गर्नका लागि संविधान संशोधनको विषयलाई २०८७ मा गर्ने कुरा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हो । प्रधानमन्त्री ओलीले अहिलेदेखि नै २०८४ को निर्वाचनबाट एमालेलाई ठूलो पार्टी बनाउनुस्, त्यसपछि एमालेले संविधान संशोधन गरेर देखाउँछ भन्‍नेजस्ता अभिव्यक्ति दिन थाल्नुभएको हो। यो दुई ठूला दलबीच भएको सहमति विपरीत छ।’

कांग्रेस नेता सत्तारले नेकपा एमाले एजेन्डाविहीन बनेपछि डराएर संविधान संशोधनको विषयलाई धकेल्न खोजेकोसमेत बताएका छन ्। उनले भने, ‘नेपाली कांग्रेस हिजो सरकार गठनका समयमा गरिएको ७ बुँदे सहमति कार्यान्वयन गराउनका लागि अडिग रहेको छ यसमा कुनै इफ बटको कुरा छैन । २०८४ को निर्वाचनअघि नै संविधान संशोधन गरिनुपर्दछ ।’

कांग्रेस नेता सत्तारले यस्तो समयमा पार्टीलाई बलियो बनाउनुपर्ने र यसका लागि संगठनलाई बलियो बनाउनुपर्नेसमेत बताएका छन् । कांग्रेस नेता सत्तारले थपे, ‘पार्टी संगठन बलियो भएको अवस्थामा मात्रै पार्टी बलियो हुन्छ। पार्टीका नेताहरुले गुटको कुराको अन्त्य गरिनुपर्छ। हिजोका हाम्रा नेताहरुले गरेको योगदानको कुरा गरेर मात्रै अब पुग्‍नेवाला छैन।’

कांग्रेसले आगामी १५ वर्षमा मुलुकलाई कुन दिशामा डोर्‍याउने भन्‍ने विषयलाई केन्द्रमा राखेर योजना बनाउनुपर्नेसमेत बताएका छन् । उनले भने, ‘नेपाली कांग्रेसलाई भोलिका दिनमा जनताले चाहेको जस्तो बनाउन सकिन्छ कि सकिँदैन । नेपाली जनताको अपेक्षा अनुसारको पार्टी बनाउनका लागि हामी एकताबद्ध भएर लाग्‍न आवश्यक छ । नेपाली कांग्रेसले आगामी १५ वर्षमा के गर्न सक्छ भन्‍ने खाका तयार गरेर हामी काम गर्नुपर्छ। हिजोका दिनमा सुशासनका लागि नै लडेको नेपाली कांग्रेसले आज जति काम गर्नुपर्ने हो, त्यस अनुसारको काम गर्न सकिरहेको छैन ।’

नेता सत्तारले पार्टीले सधैं सत्तामा रहेको आरोप खेपिरहेको र यसबीचमा हामी के गर्‍यौं भन्‍ने विषयलाई बुझाउनुपर्ने बताएका छन् । उनले भने, ‘मुलुकको अर्थतन्‍त्र अहिले सेलाएको छ । नेपाली कांग्रेसले सधैं सत्तामा रहेको आरोप खेपिरहेको छ तर पार्टीले एकल बहुमत ल्याएर सरकार चलाउन पाइरहेको छैन । २०५१ सालमा मुलुक गृहयुद्धमा फस्यो, त्यसबाट बाहिर निकाल्न हामीले २०६२–०६३ सम्म कुर्नुपर्‍यो। त्यसयताको १० वर्ष संविधान निर्माणमा बिताउनुपर्‍यो । अब मुलुकलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिको बाटोमा लैजाने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ। यसका लागि देशभरका नेता–कार्यकर्ताहरु एकताबद्ध भएर लाग्‍न जरुरी छ ।’