१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु



अ+ अ-

काठमाडौं । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको हो । आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताउनुभयो ।

आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने बताउँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने ‘स्ट्रङ’ प्रणाली भने नदेखिएको बताउँदै उहाँले सोमबारदेखि मौसम सुधार हुने जानकारी दिनुभयो ।

तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ ।