२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा आज कहाँ-कहाँ जाँदैछ बिजुली ?



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने नाएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ ।

यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वल्र्ड टे«ड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि विजुली कटौती हुनेछ ।

त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासंघ,, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म, टेकु वंशीमार्ग, सुकुम्बासी टोलसम्म जाने बाटोसम्म पनि विजुली कटौती हुने सूचनामा उल्लेख छ ।

थापाथली फिडर अन्तर्गत प्रसुतीगृह पूर्वगेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि एक बजेदेखि पाँचबजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयसीमा भन्दा पहिल्यै लाइन पुन: सञ्चालनमा आउने सूचनामा उल्लेख छ । लाइन कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।