७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

वैदेशिक रोजगारी त्यागेर जुनारखेती

वैदेशिक रोजगारी त्यागेर जुनारखेती
अ+ अ-

मन्थली । रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन् । जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन् ।

जुनार बगैँचाभित्र तोरी भटमासलगायत कोसेबाली र अन्य तरकारीबाली उत्पादन गरी आम्दानी लिन सकिने तथा जुनारबाट पनि आम्दानी लिन सकिने भएकाले यसतर्फ आकर्षित भएको रामेछाप–६ ओख्रेनीका जुनार कृषक हिमाल तामाङले बताउनुभयो ।

लामो समय खाडी मुलुकमा बसेर काम गरेको भन्दै लेखपढ नभएका र सीप नभएका आफू जस्तालाई त्यहाँ सजिलो काम पाउन मुस्किल हुने उहाँले अनुभव सुनाउनुभयो ।

बर्सेनि बिरुवा थप्दै र उत्पादन वृद्धि गराउँदै जाने हो भने यही विदेशको जति कमाउन सकिने उहाँले दाबी गर्नुभयो । आफू भारतको गुजरातमा २५ वर्ष बसेर काम गरेको अनुभव सुनाउँदै त्यहाँको आम्दानी चित्त नबुझेर स्वदेशमा केही गर्ने अठोटका साथ फर्किएर जुनारखेती सुरु गरेको तामाङले बताउनुभयो ।

यसअघि आफू वैदेशिक रोजगारीका क्रममा चार वर्ष मलेसिया बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले स्वदेशमा फर्केर जुनारखेती गर्न थालेको रामेछाप–७ सुकाजोरका अर्का कृषक रामकुमार कार्कीले बताउनुभयो ।

रामेछाप नगरपालिकामा हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रामकुमार कार्कीलगायत दजनाँै कृषक वैदेशिक रोजगारीबाट सन्तुष्ट नभएर जुनारखेती गर्ने गरेकाछाप नगरपालिकाका वरिष्ठ कृषि शाखा प्रमुख कृष्णबहादुर भुजेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अरुको तुलनामा उहाँहरूको बगैँचा र जुनारका दाना राम्रा छन् ।

गत वर्ष जिल्लामा पाँच सय २० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती गरिएको बताउँदै यस वर्ष पाँच सय ४० हेक्टर क्षेत्रफलमा जुनार उत्पादन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी भवानी बस्नेतले जनाउनुभयो । उहाँले जिल्लाका विभिन्न पालिकामा वैदेशिक रोजगारीबाट फर्केर जुनार र सुन्तलाखेती गर्नेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो ।

बजारको समस्या नभएकाले यसको व्यवसाय सहज बनेको भन्दै बस्नेतले प्रशस्त उत्पादन, बजारीकरणको समस्या नहुनु, मुनाफा बढीलगायत कारणले युवाको जुनारखेतीप्रति आकर्षण बढेको दाबी गर्नुभयो ।

दैनिक रूपमा विदेशिने हजारौँको स¬ङ्ख्याका युवालाई यस्ता कृषिकर्ममा विभिन्न अनुदान दिएर सङ्घीय तथा प्रदेश सरकारले लगाउनसके वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताउनुभयो । रासस