२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेट, के भयो कुरा ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न लिङ्देन बालुवाटार पुग्नुभएको हो । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा उहाँहरुबीच भेट भएको हो । त्यस क्रममा उहाँहरुबीच विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीसँग लामो समयपछि भेटघाट भएको र त्यस क्रममा विभिन्न विषयमा लामै कुराकारी भएको बताउनुभएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा हुने चियापान कार्यक्रममा निमन्त्रण दिने क्रममा केही दिनयता विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहनुभएको छ ।