२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक आदेश आउदै, सुरक्षा व्यवस्था कडा

सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक आदेश आउदै, सुरक्षा व्यवस्था कडा
अ अ+ अ-

काठमाडौं ।सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीको थुनछेक आदेश आउने भएपछि जिल्ला अदालत कास्कीको आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालत परिसर आसपास नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ। थुनछेक बहस सकिएसँग राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरा पुगेका छन् ।

रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका छन् ।

जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बिहीबार नै बहस सकिएपछि आदेश आउने तयारी भएको हो।आदेश आउने तयारीसंगै अदालत परिसर आसपास सुरक्षा व्यवस्था मजबुत बनाईएको हो ।

सहकारीको रकम अपचना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, पूर्व प्रहरी रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, मीनाका बुबा कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।