२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोईनको धुलो जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रतिबन्धित लागूऔषध खैरो हिरोईनको धुलो जस्तो देखिने पदार्थसहित स्वयम्भूबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा घर भई हाल काठमाण्डौ बस्ने ३७ को रबिन कार्की रहेका छन् । स्वयम्भूस्थित सडकखण्डमा लागूऔषध कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटीएको प्रहरी टोलीले बुधबार बेलुका कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले कार्कीको साथबाट सुन्तला रङको सिलिण्डर भित्र अबैध लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ रहेको स(सानो प्लाष्टीकको २२ वटा पोका बरामत गरेको छ । सो को तौल गर्दा २ ग्राम ८४ मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

कार्कीलाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भईरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।