२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

पञ्जाबको गुजरानवाला शहरमा जनवरी १ मा बुबामाथि आक्रमण भएको थियो र उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा मङ्गलबार उनको मृत्यु भयो ।

“ती केटीहरूले आफूहरूबीच ‘स्थायी समाधान’ खोज्ने निर्णय गरेको बताए”, सहरका वरिष्ठ प्रहरी अधिकारी रिजवान तारिकले भन्नुभयो, “त्यसपछि उनीहरूले मोटरसाइकलबाट पेट्रोल लिएर सुतिरहेका बुबालाई आगो लगाइदिए ।”

सौतेनी दिदीबहिनी रहेका उनीहरूले बुबाले एक वर्षदेखि जेठी छोरीलाई बलात्कार गर्दै आएको र कान्छी छोरीलाई पनि दुईपटक बलात्कार गर्न खोजेको बताएका छन् ।

उनीहरूका आमाहरू दुव्र्यवहारका बारेमा जान्दथे तर बदला लिने योजनाका बारेमा थाहा थिएन । उनीहरू दुवै ती पुरुषसँग विवाहित हुन् ।

केटीहरूको पहिचान सुरक्षित राख्न एएफपीले ती व्यक्तिको नाम उल्लेख गरेको छैन । तीमध्ये एक अघिल्लो विवाहकी छोरी हुन् । पत्नीहरूमध्ये एकलाई पनि पक्राउ गरिएको छ भने दोस्रोसँग सोधपुछ भइरहेको छ ।

“अनुसन्धान सकिने बित्तिकै केही दिनभित्रै उनीहरूलाई अदालत समक्ष पेश गर्ने अपेक्षा गरेका छौँ”, तारिकले भन्नुभयो ।