११ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण



अ+ अ-

बुटवल । नागरिकहरुलाई शित लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान शुरु गरेको छ ।

अत्याधिक चिसो बढेसँगै बुधवार बुटवल उपमहानगरपालिका वडा नम्बर १ ले चोकचोकमा दाउरा वितरण गर्न शुरु गरेको हो । आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरुप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताउनु भयो ।

उहाँले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताउनु भयो । दाउरा बिहीवार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।