१२ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण



अ+ अ-

बुटवल । नागरिकहरुलाई शित लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान शुरु गरेको छ ।

अत्याधिक चिसो बढेसँगै बुधवार बुटवल उपमहानगरपालिका वडा नम्बर १ ले चोकचोकमा दाउरा वितरण गर्न शुरु गरेको हो । आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरुप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताउनु भयो ।

उहाँले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताउनु भयो । दाउरा बिहीवार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।