२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
अ अ+ अ-

गण्डकी । कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको  पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।

दश वर्षअघिसम्म कप्रुडाँडा भेँडीगोठ र गाईभैँसीको चरन क्षेत्र थियो । गोठालाहरूले पशुवस्तुु लिएर जाने स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । पर्यटकीय सम्भावना र चुनौतीबारे अध्ययन गरी पर्यटक लक्षित सुविधा सम्पन्न सडक, होटललगायत  पूर्वाधार विकास गरेसँग यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको कप्रुडाँडास्थित होटल मिडनाइट क्याम्परर्सका सञ्चालक हिमाल गुरुङले बताउनुभयो ।

“वरपर ढपक्क ढाकिएका गुराँसे जङ्गलको बीचमा खुल्ला भूभाग, यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै मनास्लु हिमाल, अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, माछापुच्छ्रे«, मर्दी, बुद्ध, हर्क गुरुङलगायत हिमालको दृश्य एकसाथ नियाल्न सकिन्छ । यो ठाउँ पछिल्लो पाँच वर्षको अन्तरालमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ”, उहाँले भन्नुभयो ।

यहाँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी पाँच वर्षअघि बाटो पुुगेको थियो । महामारीले दुुई वर्ष पर्यटकीय गतिविधि प्रभावित भए पनि त्यसयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको होटल सञ्चालक हिमाल गुरुङले उल्लेख गर्नुभयो । “यहाँ धेरै वर्ष अघि गोठ थिए, अहिले गोठ पनि छैनन्”, उहाँले भन्नुुभयो, “यो पुरातात्विक ठाउँ पनि हो । क्होलोसोथारमा घले राजाको राज हुँदा कर उठाउन राजाले आफ्ना दूतलाई कप्रुडाँडासम्म पठाउँथे भन्ने इतिहास रहेको ज्येष्ठ नागरिकहरू बताउँछन् ।”

स्थानीयका अनुुसार गाउँको सिरानस्थित गोलो आकारको समथर भूभाग यस ठाउँमा पहिलेपहिले गाउँलेहरू गाईभँैसी चराउन आउँथे । “गाउँलेहरू घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । त्यसैले यो ठाउँ यहाँको परम्परागत जनजीविकासँग पनि जोडिएको छ । यहाँबाट करिब १० घण्टाको पैदलयात्रामा गुरुङ जातिको उद्गमस्थल क्होलासोथार पुग्न सकिन्छ”, यहाँका पर्यटन व्यवसायी भुपाल गुरुङले भन्नुभयो ।

पर्यटन व्यवसायी गुरुङका अनुसार कोरोना महामारीमा सामाजिक सञ्जालसहित अन्य माध्यमबाट प्रचारप्रसारका गतिविधि गरिएसँगै अहिले दैनिक एक सयदेखि एक ५० जनासम्म पर्यटक यहाँ पुग्ने गरेका छन् । वरपर जङ्गलैजङ्गलले घेरिएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै रमणीय दृश्य, सुन्दर हिमालहरू अवलोकन गर्न पर्यटक आउने गरेका उहाँले जानकारी दिनुुभयो ।

पदयात्रा र हाइकिङ रुचाउने पर्यटकहरू कास्कीको पर्यटकीय गुरुङ गाउँ ताङतिङबाट करिब चारदेखि छ घण्टाको पदयात्रा गरेर कप्रुडाँडा पुग्छन् । पछिल्लो समय यहाँ पुग्ने मोटरबाटो बनेपछि कतिपय निजी सवारीसाधन लिएर यहाँ आउने गरेका पर्यटन व्यवसायी गुरुङले बताउनुभयो । पोखराका साथै काठमाडौँ, भक्तपुर, बुटबललगायत स्थानबाट पनि हिमाल हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका उहाँले उल्लेख गर्नुभयो ।

यस वर्षको क्रिसमस (पुस १० गते) बुटवलबाट १० जना युवा मोटरसाइकल लिएर यहाँ आएका थिए । यसअघि सामाजिक सञ्जालबाट जानकारी पाएको बताउँदै यहाँ आएपछि देखिएका हिमाली दृश्य, मनमोहक प्राकृतिक सुन्दरता, स्थानीय परिकारका स्वादसहितका खानालगायतले थप प्रभावित बनाएको युवा सुमन थापाले उल्लेख गर्नुभयो ।

“मोटरसाइकलबाट आउन सकिने कप्रुडाँडा हिमाल हेर्न, गुरुङ सम्पदा र रहनसहन बुझ्न, वातावरणीय सुन्दरता नियाल्न उत्कृष्ट गन्तव्य रहेछ”, अनुभव सुनाउँदै उहाँले भन्नुुभयो, “यस्ता ठाउँहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनतर्फ सरोकार भएका निकाय र राज्यले ध्यान दिनु आवश्यक छ । यसले मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ ।”

विशेषतः केही वर्षयता हिउँ परेका समयमा पोखरा र आसपासका क्षेत्रबाट यहाँ आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि डाँडाका होटेलदेखि तल रहेको ताङतिङ गाउँमा पनि पर्यटकको घुइाचो अत्यधिक हुने होटल मिडनाइट क्याम्परर्सका सञ्चालक गुरुङले जानकारी दिनुभयो । “हिउँ परेको समयमा ताङतिङ वा कप्रुमा बास बसेर भोलिपल्ट दिनभर हिउँ खेली पर्यटकहरू फर्कने गर्दछन्”, उहाँले भन्नुभयो ।

पर्यटकको आगमन बढ्न थालेपछि कप्रुडाँडामा चारवटा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आएका पर्यटकलाई बेलुकाको चिया मकै, खाना, सुत्ने टेन्टको व्यवस्थासँगै भोलिपल्ट बिहानको खाजा, चियासमेत गरी रु एक हजार पाँच सयको प्याकेज निर्धारण गरिएको छ ।

समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको कप्रुडाँडालाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै यसको प्रवर्द्धनमा जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । पदयात्रा मार्गअन्तर्गत यही पुसको दोस्रो साता सिक्लेसबाट कपुचे–कोरी–ठूलोलेक–क्होलासोथार हुँदै कप्रुडाँडा र त्यहाँबाट याङ्जाकोटसम्मको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिएको उहाँले जानकारी दिनुुभयो ।

सङ्घका अध्यक्ष गुरुङका अनुुसार क्होलासोथार पुगेका पदयात्रीहरू त्यहाँबाट करिब चार घण्टा हिँडेर पुगिने तप्रामा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाँडा, पहाड, जङ्गल र हिमाल हेर्दै कप्रुडाँडा पुग्दछन् । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृश्यावलोकन गर्दै पदयात्रा गर्नु यहाँको विशेषता रहेको उहाँले बताउनुभयो ।

भेँडीगोठ, नुन लिन जाने मार्ग, बस्तीसँगको परम्परागत सम्बन्धलगायत कारणले कप्रुडाँडालाई गुरुङ सम्पदा पदमार्गका रूपमा प्रवर्द्धन र विकास गर्न खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किशमकुमारी गुरुङले बताउनुभयो ।

पछिल्ला समय जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्गहरू छोटिएको अवस्थामा कप्रु र आसपासका क्षेत्रलाई गुरुङ सम्पदा पदमार्गसँग जोड्दै यी स्थलहरूको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखी विविध गतिविधि गर्दै आएको सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सङ्घको यस काममा स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै सरोकार भएका सबैले सहयोग र समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस