९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण



अ+ अ-

काठमाडौं । सन् २०२० मा चीनको अर्थतन्त्र २।० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । 

यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर गरिएको हो ।  

चीनको आर्थिक वृद्धि दरमा कोरोना भाइरसको महामारीका कारण घरेलु खपतमा आएको कमी र कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रमा अपेक्षाकृत सुधार भने हुन सकेको छैन । विश्व बैंकले पूर्वी एसिया र प्रशान्त क्षेत्रको अक्टोबर २०२० को आर्थिक अपडेटमा उक्त प्रक्षेपण गरेको हो ।  

यस क्षेत्रका बाँकी क्षेत्रहरुमा भने वृद्धि दरमा ३.५ प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । समग्रमा यस क्षेत्रमा सन् २०२० मा ०.९ प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ । जुन सन् १९६७ पछिको न्यूनतम वृद्धि दर हो । 

विश्व बैंकले आर्थिक वृद्धिबारे गरेको अर्धवार्षिक अपडेटमा सन् २०२१ मा यस क्षेत्रको सम्भावना उज्ज्वल रहेको बताएको छ । प्रक्षेपणमा पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर ०.५ प्रतिशत रहने पनि उल्लेख गरिएको छ ।

सन् २०२१ मा चीनको आर्थिक वृद्धि दर ७.९ प्रतिशत रहने छ भने चीनबाहेक समग्र यो  क्षेत्रको आर्थिक वृद्धिदर ५.१ प्रतिशत र बाँकी रहने बताइएको छ । “यसमा निरन्तर सुधार र गतिविधिलाई सामान्य बनाइने धारणा मुख्य अर्थतन्त्र तथा खोपको सम्भावित आगमनसँग जोडिएको छ । 

बहुपक्षीय ऋणदाताले भने अर्को दुई वर्षको लागि उत्पादन महामारी पूर्वको अनुमानभन्दा तल रहने प्रक्षेपण गरेका छन् ।