२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमागौरी सहकारी प्रकरणः ऋषिकेश पत्नी अञ्जला कोइराला अदालत उपस्थित



अ+ अ-

विराटनगर । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन् ।

मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी अञ्जला अदालत खुल्ने बित्तिकै हाजिर भएकी हुन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा आजै बयान हुनेगरि उनको पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

उमागौरी सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् । सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्।