• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्दति खाता योजना



काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले  ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । 

‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ । 

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ । यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागिखोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटक पटक रकम थप गर्न पनि सकिने व्यवस्था छ । 

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दशलाखभन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । 

यस योजनाअन्तर्गत मुद्दति खाताखोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ । यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशील्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवामा अतिरिक्त सुविधाहरु प्रदानगर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।