२४ पुष २०८१, बुधबार
,
Latest
नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता सिटौला २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी सहकारीको रकम अपचलनमा मुछिएकी अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ सहकारी ठगी प्रकरणः प्रतिवादीका वकिलहरूको बहस सकियो उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ । बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको उहाँले बताउनु भयो । उहाँले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताउनु भयो । उहाँले संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बैठकमा जम्मा ११४ जनाले बोल्नुभयो । पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको प्रश्तावमा सबैको समर्थन भयो र पास भएको छ । पार्टीले शुरुको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ । उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ । यो नयाँ पहलकदमी समाजवादका लागि एउटा कोशेढुंगा हुनेछ भन्ने विश्वास गरिएको छ ।

पार्टीका सम्पूर्ण मोर्चाहरुको सम्मेलन छ महिनाभित्र गर्ने निर्णय भएको छ । संविभधान संशोधनका क्रममा समेत गम्भिर छलफल गएको छ । संविधान संशोधनभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्नेमा केन्द्रित भएको छ । संविधान संशोधन नै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको छ ।

राज्यका निकायमा महिला र दलितको सहभागिता बढाउनका लागि संशो हुनुपर्छ भन्ने जोड छ । समग्रमा जनताको अधिकार कटौति गर्नको लागि हैन बिस्तार गर्नका लागि र परिवर्तनका लागि एउटा ठुलो राष्ट्रिय बहस बनाएर मात्र संविधान संशोधनका लागि अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ । बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रश्ताव पारित गरेको छ ।

सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रिय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रवक्ता सापकोटाले बताउनु भयो ।