१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति



अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आज आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन हुनुभएको छ ।

सो अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले संस्थाको श्रीवृद्धि र पत्रकारको क्षमता अभिवृद्धिमा सिङ्गो कार्यसमिति अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रेस सेन्टर प्रतिष्ठान प्रदेशका अध्यक्ष वीरेन्द्र वलीले श्रमजीवी पत्रकारको हकहितमा पेसागत सङ्घसङ्गठन केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्ण सापकोटाले श्रमजीवी पत्रकारका हकहितका बारेमा पेसगात सङ्गठनले एकताबद्ध पहल लिनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी नेपाल रासस शाखाका प्रतिनिधि कालिका खड्काले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिनुभयो ।

प्रेस सेन्टर रासस शाखाका निवर्तमान अध्यक्ष रत्नकृष्ण श्रेष्ठले श्रमजीवी पत्रकारको हकहितका पक्षमा सङ्गठन क्रियाशील रहँदै आएको बताउनुभयो । रासस