२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।

मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताउनु भयो । उहाँले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले आगामी दिनमा ठूला सफलताहरु प्राप्त गर्दै जानुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महिला फुटबल नेपालमा धेरै पुरानो खेल होइन । मान्छेले सबैभन्दा धेरै मन पराउने खेल फुटबल थियो । अब बिस्तारै क्रिकेट र फुटबलको एक खालको कम्पिटिशन नै छ । फुटबल पनि मानिसहरुले औधि मन पराउने र खेल्ने गर्दछन् । क्रिकेट पनि अत्यन्त मन पराइरहेका छन्, नयाँ पिढीले । यसमा तपाईंहको उन्नति प्रगति हुँदै जाओस् । आगामी दिनमा ठूला ठूला सफलताहरु प्राप्त हुँदै जाउन् ।’

प्रधानमन्त्री ओलीले खेलमा प्रशिक्षकहरुको प्रशिक्षणको महत्व धेरै हुने बताउनु भयो । कमजोरी पत्ता लगाएर सच्याउँदै अघि बढ्नुपर्ने बताउनु भयो । आफ्ना खेलाडीहरुको खेलको उत्कृष्टता र कमजोरीको पहिचान गरी सुधार गर्दै जानुपर्ने बताउनु भयो ।