काठमाडौं । नेपालमा भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ५५ हजार नाघेको छ । मंगलबार ७ सय ३१ जना निको भएसंगै संक्रमण मुत्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेश १ मा ५ हजार ७० जना, प्रदेश २ मा १३ हजार ५ सय ६३ जना, बागमती प्रदेशमा १५ हजार ३ सय ११ जना र गण्डकी प्रदेशमा ३ हजार २ सय ९३ जना संक्रमण मुत्त भएका छन् ।
यस्तै प्रदेश नं ५ मा ८ हजार ५ सय ७१ जना, कर्णाली प्रदेशमा २ हजार ८ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ९८ जना संक्रमण मुत्त भएका हुन् ।











