२४ पुष २०८१, बुधबार
,
Latest
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा राप्तीमा ४१ गोही छोडियो एलिट कपः गुल्शनको ५ विकेटमा १२९ रनमै रोकियो मधेस इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द त्रैमासिक समीक्षाः आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था भयो: अध्यक्ष दाहाल बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्य राजनीतिक दलहरुमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गर्नुभयो । उहाँले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताउनु भयो । उहाँले आजको कारोबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस र एमालेको सरकार बनेपछि काँग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो । अरु केही विषयमा केन्द्रित भएन । उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुप¥यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला । मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ । किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुप¥यो रु सत्ता चलेको चल्यै गर्नुप¥यो । मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलव अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।’

नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरु नहोउन् भन्न खोजेको बताउनु भयो । अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने बताउनु भयो ।