१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामसुङका स्मार्टफोनले उछिन्यो बिक्रीको विश्व रेकर्ड



अ+ अ-

सियोलः

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनी गएको अगस्ट महिनामा विश्वमै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी भएको छ । कोरोनाभाइरसका कारण बजारमा केही शिथिलता आए पनि सामसुङले प्रतिस्पर्धीहरुलाई पछि पार्दै बिक्रीमा नयाँ रेकर्ड कायम गरेको मंगलबार सार्वजनिक तथ्याँकमा देखिएको छ ।

सामसुङले चिनियाँ स्मार्टफोन निर्माता हुवावेलाई पछि पार्न सफल भएको छ ।

विवरणमा गत महिना अर्थात अगस्टमा विश्वबजारमा सामसुङले २२ प्रतिशत बजार हिस्सा ओगटेको छ । जबकी हुवावेको हिस्सा १६ प्रतिशत रहेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।

दुबै फोन निर्माता कम्पनीबीच गत फेब्रुअरीयता पहिलो पटक ६ प्रतिशतको फरक (ग्याप) देखिएको छ । गत अप्रिलमा हुवावेले सामसुङलाई पछि पारेको थियो । भारतीय स्मार्टफोन बजारमा आएको सुधारका कारण सामसुङले पहिलो स्थान पुनः प्राप्त गर्न सफल भएको काउन्टरप्वाइन्टको भनाई छ ।

सामसुङले भारतीय बजारमा थप आक्रामक रणनीतिका साथ बिक्री बढाएको छ । भारत अहिले विश्वमै दोस्रो ठूलो स्मार्टफोन बजार हो । चीन विरोधी भावनाका कारण पनि सामसुङले भारतीय बजारमा सहज बजार पाएको अनुमान गरिएको छ ।

विश्व बजारमा अमेरिकी एप्पल कम्पनीले तेस्रो स्थान ओगटेको छ । यसको विश्वमा कूल बजार हिस्सा १२ प्रतिशत छ । चीनकै साओमी कर्पोरेसनले ११ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थान ओगटेको छ ।

हुवावे विरुद्ध अमेरिकी सरकारले लगाएका प्रतिबन्धहरुका कारण अन्य स्मार्टफोन कम्पनीहरुले निकै फाइदा उठाउन सक्ने देखिएको पनि काउन्टरप्वाइन्टको विश्लेषण छ । (याेनहाप)