१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसिद खानकाे कसिलाे बलिङले दिल्ली क्यापिटल्स धरासायी



अ+ अ-

रसिद खानको कसिलो बलिङका कारण दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रनको मध्यम स्कोर बनाएको थियो । हैदराबादका लागि डेभिड वार्नरले ४५, जोन्नी बेयरस्टले ५३, केन विलियम्सनले ४१ रनको महत्वपूर्ण पाली खेलेका थिए ।

जितका लागि १६२ रनको लक्ष पाएको दिल्ली क्यापिटल्स २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । जसमा अफगानी बलर रसिद खानले दिल्ली क्यापिटल्सका तीन खेलाडीलाई पभेलियन फर्काए ।

रसिदले ४ ओभरमा १४ रनमात्र दिए जुन २०–२० क्रिकेटमा निकै दुर्लभ क्षण हो । रसिदको बलिङमा दिल्ली क्यापिटल्सका रिसभ पन्त, कप्तान श्रेयस ऐयर र शिखर धवन आउट भएका थिए । रसिद खान प्लेयर अफ दी म्याच घोषित भए ।

यसबाहेक भुवनेश्वर कुमारले पनि २५ रनमात्र दिएर २ विकेट लिए । 

आज बुधबारको खेल राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्सबीच हुनेछ ।