३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता राघव तिवारीमाथि ज्यान जानेगरी कुटपिट



अ+ अ-

एजेन्सी । प्रियंका चोपडा स्टारर मेरी कोम, सास बहू र फ्लेमिङ्गोजस्ता धेरै फिल्ममा काम गरिसकेका अभिनेता राघव तिवारीमाथि हालै घातक हमला भएको छ ।

सामान्य झगडापछि उनीमाथि हानाहानमा रडले प्रहार गरी टाउकोमा चोट लागेको थियो । यस मामिलामा अभिनेताले उजुरी दिएका छन्, यद्यपि आक्रमणकारीलाई हालसम्म कुनै कारबाही गरिएको छैन । अभिनेताका अनुसार आक्रमणकारी एक्सन निर्देशक परवेज शेखका छोरा हुन् ।

आक्रमणको बारेमा कुरा गर्दै अभिनेता तिवारीले भने, ‘डिसेम्बर ३० गते म साथीहरूसँग डी–मार्टबाट सामान किनेर घर फर्कदै थिएँ । यसैबीच म गाडीबाट ओर्लिएर बाटो काट्न थालेँ । एकजना स्कुटर चालक त्यहाँबाट गुज्रिरहेको थियो, म अकस्मात उसको अगाडि आइपुगेँ । मैले आफ्नो गल्ती स्विकारेँ र माफी मागेँ । भनेँ– मैले देखिनँ, गल्ती गरेँ । उसले देखेन, किन नदेखेको भनेर गाली गर्न थाल्यो । त्यसैले मैले उसलाई भनेँ माफ गर्नुहोस्, अब तपाईं जानुहोस्, हामी झगडा नगरौं ।’

‘मैले लड्दिन भन्‍ने बित्तिकै उसले चक्कु निकालेर प्रयोग गर्यो । म एक अभिनेता हुँ, मलाई चक्कु प्रयोग गर्ने तरिका थाहा छ, उसले प्रयोग गर्ने तरिका हेरेर मैले बुझें कि उ पेशेवर चक्कुबाज हो कि गुण्डा, जसको काम मात्र चक्कु चलाउनु र लड्नु हो ।’

राघव तिवारीले थप भने, ‘मैले फेरि लाठीले प्रहार गरेपछि भाँचियो । लठ्ठी फुट्नेबित्तिकै उसले मेरो टाउकोमा र त्यसपछि टाउकोको पछाडि प्रहार गर्यो । मेरो टाउकोमा गम्भीर चोट लाग्यो, अगाडि ५ वटा र पछाडि ६ वटा टाँका लगाइयो । धेरै रगत बगेको थियो । म तल खसे र त्यसपछि मेरो वरपरका मानिसहरू र मेरो साथी न्यान्सीले मलाई अस्पताल लगे ।’