२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।

एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो ।

सोमबार अदालतले पक्राउको लागि अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

यसअघि ठगी धन्दा संलग्न रहेको पाईएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका थिए ।