१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै

वनको संरक्षणमा जुट्दै सत्रखर्क कालीलेकका उपभोक्ता

वनको संरक्षणमा जुट्दै सत्रखर्क कालीलेकका उपभोक्ता
अ अ+ अ-

गण्डकी । गोठ र चरनमा आधारित पशुपालनको परम्परा बोकेका यहाँको वन संरक्षणमा स्थानीय सक्रिय भएका छन् । पोखरा महानगरपालिका–१६ मा अवस्थित बहुमूल्य जडीबुटीको भण्डार सत्रखर्क कालीलेक सामुदायिक वनको संरक्षणमा उपभोक्ताले चासो देखाएका हुन् ।

जङ्गलमा रहेको बहुमूल्य जडीबुटी, काठसहित चोरी–सिकारी हुँदै आएको सो वनलाई डिभिजन वन कार्यालय कास्कीले एक वर्षअघि संरक्षण, विकास र उपयोग गर्नेगरी गठित समूहलाई अधिकार हस्तान्तरण गरेसँगै उपभोक्ता वन जोगाउने अभियानमा जुटेका हुन् ।

बहुमूल्य जडीबुटी, सतुवा, लोटसल्लो, निरमसी, पखन वेद, चन्दन, चुत्रोलगायत मालिङ्गो, घुँडे र तीते निगालो स्वादिलो तरकारीमा प्रयोग गरिने टुसा, निउरो, तरूल प्रशस्त पाइने सत्रखर्क कालीलेक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरूङले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गल क्षेत्रमा चोगो, नसि, खाँदो, पनेलो, स्याक, क्रेटोेपधेरो, कोइप्रोनो, तल्लोदोवान, वलाय, तोमोधु, तोढ्रे, एकल, दोबाटे, माडदी, घुडे, लिते र सवल गरी सत्रवटा चरनलाई समेटेर यस वनलाई सत्रखर्क नामकरण गरिएको हो ।

समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजारसम्मको उचाइमा अवस्थित जङ्गलमा चितुवा, भालु, मृग, थार, घोरल, बाँदर, दुम्सीजस्ता जङ्गली जनावर र मुनाल, प्युरा, वन कुखुरालगायत विभिन्न प्रजातिका चराचुरूङ्गीको बासस्थान भएको अध्यक्ष गुरूङको दाबी छ ।

भारतीय सेनामा भर्ती हुनुभएका गुरूङले भन्नुभयो, “आजभन्दा छ दशकअघि सम्म प्रत्येक खर्कमा भैँसी, गाई, भेडाका तीनदेखि चारवटा गोठ थिए, जसमा जङ्गलमा चाररपाँच हजार घरपालुवा चौपाया चर्ने गर्दथे ।”

जङ्गलको बीच भागमा रहेको बलायखर्कमा चेतबहादुर पौडेल र उमा पौडेलले भैँसी गोठमा भविष्य खोज्दै आउनुभएको छ । उहाँको गोठमा हाल सानाठूला गरेर ४० वटा भैँसी र गाई रहेका छन्भने सुरेन्द्र पौडेलले चरनमा आधारित बाख्रापालन गर्दै आउनुभएको छ । पौडेलको खोरमा अहिले पनि एक सयभन्दा बढी बाख्रा रहेका छन् । भैँसी र बाख्रा चरनमा आधारित छन् ।

अध्यक्ष गुरूङ भन्नुहुन्छ, “विगतमा बाहिरबाट आउनेले जङ्गलबाट जडीबुटी सङ्कलन र जनावरको चोरी–सिकारी हुँदा पनि सरकारी स्तरको ध्यान नपुग्नु र उपभोक्तामा अधिकार नहुँदा बर्सेनि बहुमुल्य जडीबुटी बाहिरिन्थ्यो । हाल उपभोक्ताले निगरानी राख्न थालेपछि केही नियन्त्रण भएको छ । सो क्षेत्रको करिब तीन हेक्टर क्षेत्रफलमा रहेको महत्त्वपूर्ण वनस्पति लोटसल्लो बिस्तारै पातलिँदै गएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने उक्त वनस्पतिका पात र डाँठसमेत सङ्कलन गरेर बोराका बोरा लैजाने गरेको स्थानीयको भनाइ छ ।

मार्की, जैमुरे, खरिकुना, ठूलोखोरिया, कुरा आँटीघर मौजा मोरियालगायत विभिन्न स्थानबाट जङ्गलमा प्रवेश गर्ने नाका रहेको बताउँदै उहाँले भन्नुभयो, “टुसा र निउरो उत्पादन हुने सिजनमा चोरी–निकासी अत्यधिक हुने गरेको छ । समूहको ऐतिहासिक प्रथम साधारणसभाले अबका दिनमा समूहको कार्ययोजना र विधानको परिधिभित्र रहेर ‘टेन्डर’ आह्वान गरी समूहको केही हदसम्म भए पनि आयआर्जन गर्ने तयारी भई रहेको उहाँको भनाइ छ ।

वन समूहका सचिव बबिता गुरूङका अनुसार पोखराको पानीको मुख्य स्रोत रहेको सम्भवतः कास्की जिल्लाको भौगालिक हिसाबले सबैभन्दा ठूलो उक्त वन ६ सय ९३ दशमलव पाँच हेक्टरमा फैलिएको सो वनमा तीन सय १६ घरधुरी उपभोक्ता रहेका छन् । समूहले स्थायी लेखा नम्बर लिएको छ ।

वनमा प्रशस्त मात्रामा रहेको निगालोबाट माद्रो, थुन्से, नाम्लो, मोहडा, कुर्चीलगायत घरेलु सामग्री निर्माण गरिन्छ भने अल्लोबाट भाग्रा, कछाड, टोपी, थैलो, स्टकोटजस्ता कपडा निर्माण गर्दै आएको बताउँदै उहाँले थप्नुभयो, “प्राकृतिक स्रोत उपयोगका लागि आवश्यक तालिमको खाँचो छ ।”

अर्मलाकोट ‘होमस्टे’का अध्यक्ष रहनुभएका उहाँले भन्नुभयो, “पोखराबाट छोटो दूरीमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण चराचुरूङ्गी, जङ्गली जनावरको प्रत्यक्ष अध्ययन गर्न सकिने यस क्षेत्रको उचित प्रचारप्रसार गर्नसक्ने हो भने पर्यापर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नाका साथै होमस्टेमा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास छ ।”

ऐतिहासिक प्रथम वार्षिक साधारणसभा

सत्रखर्च कालीलेक सामुदायिक वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । विगत लामो समयको निरन्तर प्रयासबाट एक वर्षअघि सामुदायिक वनका रूपमा हस्तान्तरण भएपछि वनका बारेमा पहिलोपटक उपभोक्ताको भेला भएको हो । भेलाले वनको संरक्षणसहित ढलापडा काठ निकासी गर्ने, टुसा र निउरो टिप्नका लागि ‘टेन्डर’ आह्वान गर्ने, जङ्गलमा जाने बाटो सफा गरी सञ्चालन गर्ने, पानीका मुहान संरक्षण र व्यवस्थापनमा जोड दिने जस्ता निर्णय गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले साधारणसभाको उद्घाटन गर्दै प्राकृतिक स्रोतको उपयोगमार्फत स्वरोजगार सिर्जना गर्न सकिने बताउनुभयो । वनको संरक्षण, संवर्द्धन, विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका उपभोक्ताले अब आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सामुदायिक वनलाई समृद्धिको आधार बनाउन तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । मुलुकमा हाल २३ हजार २६ सामुदायिक वन समूहका ३१ लाख ९५ हजार तीन सय २३ घरपरिवारले २४ लाख २५ हजार तीन सय ९२ दशमलव ६० हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका गण्डकी प्रदेश सदस्य जितबहादुर बस्नेत, समूहका कर्णबहादुर गुरूङ, सिमबहादुर गुरूङ, हेमु परियार, शेरजङ्ग गुरूङ, झलश्री गुरूङ, श्रीसीता आधारभूत विद्यालयका प्रधानाध्यापक सीता विश्वकर्मालगायतले वन क्षेत्रमा स्थानीय बासिन्दाको भूमिका र वातावरणीय प्रभावका सम्बन्धमा चर्चा गर्नुभएको थियो । सामुदायिक वन अभियानको तीन दशक पार गरे पनि पुगे पनि यस समूहका उपभोक्ताले भने पहिलोपटक सामुदायिक वनको अनुभव गर्न पाएका छन् । रासस