२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगीः १३ जनाबारे थप अनुसन्धान गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन मुद्दामा संलग्न १३ जनाबारे थप अनुसन्धान गर्न सरकारी वकिलले प्रहरीलाई निर्द्शन दिएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको बचत अपचलनको आरोप लागे पनि प्रतिवादी नबनाएपछि नेपाली कांग्रेसकी सांसद माया राईसहितलाई थप अनुसन्धान गर्न निर्देशन दिएको हो । उनी स्वर्णलक्ष्मीको सहसचिव रहेकी थिइन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तर सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो। अनुसन्धान प्रतिवेदनमा तिनपुस्ते यकिन विवरण नखुलेका राइसहित याम कुमार नाल्बो, सुरज श्रेष्ठ, पुनम कुमारी चालिसे, मिरा बम्जन र संजिव गिरी समेतलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो ।

यस्तै, ठुलो मात्रामा कर्जा रकम लिएर नतिर्ने शम्भु गुरागाईं, ओम प्रकाश गुरुङ, लक्ष्मी प्रसाद पौडेल, उमेश गुरुङ, दिपेश कुमार पुन, भिम बहादुर तामाङ र पुष्पा राईबारे पनि थप अनुसन्धान गर्न भनिएको छ ।