१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश हजार लिटर अवैध घरेलु मदिरा नष्ट



अ+ अ-

गलकोट । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो तीन दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो ।

प्रहरी चौकी निसीखोला, प्रहरी चौकी ग्वालीचौर, जिल्ला प्रहरी कार्यालय,  नगर प्रहरी, प्रहरी चौकी कुडुले र पञ्चकोट, प्रहरी चौकी मालढुङ्गा, इलाका प्रहरी ताराखोला, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाँटी, इलाका प्रहरी भिमगिठे, इलाका प्रहरी झिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी ग्वालीचौरले हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो । यो अभियान निरन्तर सञ्चालन  हुनेछ ।  यस्तै प्रहरीले मङ्गलबारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरु गरेको छ । प्रहरीले जिल्लाको तमानखोला गाउँपालिका–२ र बागलुङ नगरपालिका १२ अमलाचौरमा ३०० गाँजाको बोट फडानी गरेको छ ।