१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र युनाइटेडले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडको घरेलु मैदान वल्ड्र ट्राफोर्डमा भएको खेलको पहिलो हाफमा कुनै गोल भएको थिएन । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २-१ गोलले अघि बढाए । तर, ८० औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडको हार टारे ।

बराबरीको नतिजापछि पनि लिभरपुल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । उसको १९ खेलबाट ४६ अंक छ । युनाइटेड २३ अंकका साथ १३ औं स्थानमा छ ।