३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहिद कपूरको फिल्म ‘देवा’को टिजर सार्वजनिक



अ+ अ-

एजेन्सी । शाहिद कपुरको बहुप्रतिक्षित फिल्म ‘देवा’को टिजर सार्वजनिक भएको छ । जी स्टुडियो र रोय कपुर फिल्म्सद्वारा निर्मित यस फिल्मको पोस्टर केही दिन अघि रिलिज गरिएको थियो।

पोस्टरमा शाहिदको पछाडि राखिएको अमिताभ बच्चनको एग्री यंग म्यान पोस्टरले शाहिदको क्रोधित चरित्र देखिने संकेत दिएको छ । अब यसको टिजर रिलिज भएको छ जसमा शाहिदको जबरदस्त र विस्फोटक स्टाइल देख्न सकिन्छ । जसका कारण थप उत्साह थपिएको छ ।

कस्तो छ टिजर ?

देवाको टिजरमा दर्शकले देवको पागल संसार देख्न पाएका छन् । यसमा कडा एक्शन देखिएको छ । तर टिजरको विशेष कुरा यो हो कि टिजरभर देवालाई नाच्दै गरिएको देखाएको छ  र बीचमा उनको एक्शन सिन देखिन्छ ।डान्स कोरियोग्राफीमा शाहिद कपुरको फिल्म हैदरको ‘एक और बिस्मिल’ गीतको झलक देखाइएको छ । लडाइँभन्दा डान्समा बढी रिस देखिएको छ ।

देवामा बलिउडका शहेनशाह अमिताभ बच्चनको प्रभावशाली छविलाई आधुनिक ट्विस्टका साथ प्रस्तुत गरिनेछ । फिल्मलाई प्रसिद्ध मलयालम निर्देशक रोशन एन्ड्रयूजले निर्देशन गरेका हुन् भने जी स्टुडियो र रोय कपुर फिल्म्सले निर्माण गरेका हुन्।फिल्ममा शाहिद कपूर पनि पुलिसको पोशाकमा देखिएका छन् र उनीसँगै पूजा हेगडे पनि महत्त्वपूर्ण भूमिकामा छिन् । देवाको विस्फोटक एक्शन जनवरी ३१, २०२५मा सिनेमाघरहरूमा देख्न सकिन्छ।




भर्खरै