२४ पुष २०८१, बुधबार
,
Latest
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध राजदूत तुम्बाहाम्फेबाट ओहदाको प्रमाणपत्र प्रस्तुत स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः दुईजना धरौटीमा रिहा उमागौरी सहकारी प्रकरणः ऋषिकेश पत्नी अञ्जला कोइराला अदालत उपस्थित रामचरणको कार्यक्रममा गएका २ फ्यानको मृत्यु यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो एलिट कपमा दुई खेलः मधेश र आर्मीले पहिला ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ फुटबलः फ्रेन्ड्स क्लब विजयी



अ+ अ-

काठमाडौँ । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले समान एक÷एक गोल गरे । दुवै गोल खेलको पहिलो हाफमा भएको थियो । खेल सुरुआती मिनेटमा नै फ्रन्ड्सका रिहानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।

खेलको २२औँ मिनेटमा दिवानले गोल गर्दै फ्रेन्डसको अग्रता दोब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुनसकेन र अन्तत फ्रेन्ड्सले सातदोबाटोमाथि २–० गोलअन्तरले जित निकालेको हो ।