२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय समितिको बैठक सुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा केही बेर अघि सुरु भएको हो ।

बैठकमा अध्यक्षकेपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।

ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहयात्राको उपलब्धि, सरकारले गर्न नसकेका काम, सुधारको आवश्यकता, आन्तरिक तथा वाह्य परिस्थितिलगायतको विश्लेषण गरिएको छ ।

यसैगरी प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषयसमेत समेटिएको छ ।

ओलीले प्रतिवेदन पेश गरेपछि केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा एमालेले मिलाएको छ । एमालेले यसअघि यस्ता प्रतिवेदनमाथि समूहगत छलफल गर्दै आएको थियो । अहिले छलफलका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ ।