२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिरी ए’ मा आफ्नो शतप्रतिशत जित कायम राख्दै इन्टर मिलान



अ+ अ-

मिलान । रोमेलु लुकाकुको दुई गोलमा इन्टर मिलानले बुधबार इटालीको 'सिरी ए' मा आफ्नो शतप्रतिशत जित कायम राख्दै  बेनेभेन्टोलाई सजिलै ४–१ ले हराएको छ । 
इन्टरले लिगका सुरुवाती दुवै खेलमा ‘हाइ स्कोरिङ’ जित निकालेको छ ।

यसअघि उसले फियोरेन्टिनालाई ४–३ ले हराएको थियो । एन्टोनियो कोन्टेको इन्टरलाई उपाधिका होडमा युभेन्ट्सको मुख्य प्रतिस्पर्धा मानिएको छ । बुधबारका अन्य खेलमा एटलान्टाले लाजियोलाई ४–१ ले हरायो ।

लाजियोको घरमै यो हारलाई स्तब्धपूर्ण मानिएको छ । यस्तै अर्को खेलमा स्पेजियाले युडिनेजीलाई २–० ले हरायो ।