४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

चितवन कोरोनाको उच्च जोखिममा

चितवन कोरोनाको उच्च जोखिममा
अ+ अ-

चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । 

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र ९रेड जोन० मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या  ८२८ जना पुगेको छ । 

२ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । 

पिसिआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताउनुभयो । उहाँका अनुसार पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय सङ्क्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ । 

पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब ९चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल० मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना स।्क्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो । 

जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् । यहाँ हालसम्म २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना सङ्क्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्कक्रमतमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।

 यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना सङ्क्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उहाँको भनाइ छ ।

सक्रिय सङ्क्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ ।