समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । विश्वको ३२औँ अग्लो र नेपालको १५ औं अग्लो हिमालको उचाइ सात हजार ७१० मिटर छ ।
अअ+अ-
काठमाडौं । तराईमा शित लहर सुरु भएको छ । बाक्लो हुस्सुले जनजीवन प्रभावित छ । तर यही बेला हिमालमा भने चर्को घाम लाग्ने गरेको छ ।
नेपालका हिमालहरु अहिले खुलेका छन् । मौसम सफा भएसँगै खुलेका हिमालको दृृश्य मनमोहक देखिन्छ ।
हिमाल र तराईका विभिन्न स्थानमा राससकर्मीले खिचेका केही तस्बिर ।
मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ट्रेकिङ रुट र पृष्ठभूमिमा धौलागिरी हिमाल ।मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ट्रेकिङ रुट र पृष्ठभूमिमा धौलागिरी हिमाल ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र।कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।
जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।
दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन ।