१ माघ २०८१, मंगलवार
,
Latest
मकर संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज आयोजना योग, आरोग्य र समृद्धि सपना अधूरै छाडेर अस्ताए चुङ्बा ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना डिजिटल भुक्तानी सेवा ‘इसेवा’ को १२औं वार्षिक साधारणसभा सम्पन्न मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु) भारतका चार जना स्रष्टालाई नइ पुरस्कार बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छः शिक्षामन्त्री भट्टराई सञ्चारमन्त्रीको टिप्पणीः लोकतन्त्रको विगुल फुकेका सार्वजनिक संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्न थाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरमा २९६८ सवारी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल, २५२ जनाको मृत्यु !



अ+ अ-

काठमाडौं । नेपालमा दुर्घटनाको तथ्यांक डरलाग्दो देखिएको छ । मंसिर महिनामा मात्र २९६८ वटा सवारी साधनमा दुर्घटनामा परेका छन् । २०१४ वटा दुर्घटनामा ती सवारी साधनमा क्षति भएको हो ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । कुल दुर्घटनामध्ये १८ सय २ अर्थात ६० दशमलव ७१ प्रतिशत मोटरसाइकल छन् । त्यसैगरी ४०० वटा कार, जीप र माइक्रो दुर्घटनामा परेका छन् ।

सबैभन्दा धेरै दुर्घटना साँझ र रातिको समयमा हुने अध्ययनले देखाएको छ ।

ट्राफिक प्रहरीले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिएको छ । तीव्र गतिका कारण १०४५ वटा दुर्घटना भएको छ ।

त्यसैगरी मादक पदार्थ सेवा गरी सवारी चलाउँदा १ सय ३८ वटा दुर्घटना भएका देखिन्छ । तयस्तै ट्राफिक नियम उल्लंघन गर्दा १२०, ओभरटेक गर्दा ७८ र यान्त्रिक गडबडीका कारण १८ वटा दुर्घटना भएका छन् ।

दुर्घटनाबाट मंसिरमा २ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै ५५६ जना गम्भीर घाइते हुँदा २६३४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंसिरभर १ लाख २६ हजार ४०८ वटा सवारी साधन कारबाहीमा पर्दा १० करोड १२ लाख ९ हजार १ सय ५६ रुपैयाँ राज्य संकलन भएको छ ।