२२ पुष २०८१, सोमबार
,
Latest
स्वर्णलक्ष्मी सहकारी ठगीः १३ जनाबारे थप अनुसन्धान गर्न निर्देशन शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार एलिट कपः मयन यादवले बनाए पहिलो शतक जय ट्रफी एलिट कपः आर्मीले पुलिसलाई १ सय ७२ रनको लक्ष्य दियो सागसब्जी फलाएर जीविकोपार्जन गर्दै रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने माओवादीको निर्णय मधेसको कृषि मन्त्रालयका तत्कालीन सचिवसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा ‘भारतले बिना सूचना गैरभन्सार अवरोध गर्ने नै नेपालको प्रमुख समस्या हो’ तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।

पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ ।

यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा कुल खरिद मुल्यमा १८ प्रतिशत छुट पाउनेछन् । साथै, छुटसहित बैंकले १८ जना ग्राहकहरुलाई एयरबड प्रदान गर्नेछ ।

ग्राहकहरुले दराजबाट न्यूनतम् रु. १,८०० को खरिद गर्दा १८ प्रतिशतको छुट प्राप्त गर्न योग्य हुनेछन् । साथै, बैंकको कार्ड प्रयोगकर्ताले यस योजना अवधिमा आफुले खरिद गरेको मुल्यमा १८ प्रतिशत, रु. १८०० सम्ममात्र छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ ।

यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।