३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईसामु पञ्जाबको फितलो प्रदर्शन, पञ्जाब ४८ रनले पराजित



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबार साँझ भएको खेलमा मुम्बई इन्डियन्सले किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ ।
ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि पञ्जाब धरासायी बनेको थियो ।

पहिलो ओभरमै क्विन्टन डी कक आउट भएर दबाबमा परेको मुम्बईका लागि रोहित शर्माले ४५ बलमा ७० रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यसअघिको म्याचमा ९९ रन बनाएर चर्चामा रहेका युबा ब्याट्सम्यान इसान किशनले २८ रन मात्र बनाए । उनी गोथामको बलमा आउट भए । पोलार्डले २० बलमा ४७ तथा हार्दिक पाण्ड्याले ३० रन बनाएका थिए ।

१९२ रनको लक्ष पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बईको कसिलो बलिङका कारण पञ्जाबका खेलाडीहरु नियमित अन्तरालमा आउट भएका थिए । कुनै पनि खेलाडीले व्यक्तिगत ५० रनको पाली खेल्न सकेका थिएनन् ।

पञ्जाबका लागि निकोलास पूरनले ४४ र मयंक अग्रवालले २५ रन बनाउनु बाहेक अरु खेलाडीले २० रनको आसपास वा त्योभन्दा कम मात्र रन बनाएका थिए ।

मुम्बईका लागि जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चहरले २–२ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पाण्ड्याले १–१ विकेट लिएका थिए ।

आज शुक्रबारको खेल चेन्नाई सुपर किङ र सनराइजर्स हैदराबादबीच हुनेछ । 

पोलार्ड म्यान अफ द म्याच चुनिए ।