३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईसामु पञ्जाबको फितलो प्रदर्शन, पञ्जाब ४८ रनले पराजित



अ+ अ-

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बिहीबार साँझ भएको खेलमा मुम्बई इन्डियन्सले किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ ।
ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि पञ्जाब धरासायी बनेको थियो ।

पहिलो ओभरमै क्विन्टन डी कक आउट भएर दबाबमा परेको मुम्बईका लागि रोहित शर्माले ४५ बलमा ७० रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यसअघिको म्याचमा ९९ रन बनाएर चर्चामा रहेका युबा ब्याट्सम्यान इसान किशनले २८ रन मात्र बनाए । उनी गोथामको बलमा आउट भए । पोलार्डले २० बलमा ४७ तथा हार्दिक पाण्ड्याले ३० रन बनाएका थिए ।

१९२ रनको लक्ष पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बईको कसिलो बलिङका कारण पञ्जाबका खेलाडीहरु नियमित अन्तरालमा आउट भएका थिए । कुनै पनि खेलाडीले व्यक्तिगत ५० रनको पाली खेल्न सकेका थिएनन् ।

पञ्जाबका लागि निकोलास पूरनले ४४ र मयंक अग्रवालले २५ रन बनाउनु बाहेक अरु खेलाडीले २० रनको आसपास वा त्योभन्दा कम मात्र रन बनाएका थिए ।

मुम्बईका लागि जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चहरले २–२ तथा ट्रेन्ट बोल्ट र क्रुनाल पाण्ड्याले १–१ विकेट लिएका थिए ।

आज शुक्रबारको खेल चेन्नाई सुपर किङ र सनराइजर्स हैदराबादबीच हुनेछ । 

पोलार्ड म्यान अफ द म्याच चुनिए ।