१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी



अ+ अ-

यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।

पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार डिसेम्बरको पहिलो साता ९१ जनामा नोरोभाइरस प्रकोपको पुष्टि भएको छ । यो हालैका वर्षहरूमा सोही हप्तामा सीडीसीद्वारा रेकर्ड गरिएको सङ्ख्या भन्दा बढी हो ।

यसले कोभिड–१९ महामारी अघिका रेकर्ड गरिएका सङ्ख्यालाई पनि नाघ्छ ।

प्रत्येक वर्ष नोरोभाइरस प्रकोपले देशव्यापी अनुमानित १९ देखि २१ लाख मानिसहरूलाई बिरामी पार्छ । यसले अप्रिय ग्यास्ट्रोइंटेस्टाइनल लक्षणहरू निम्त्याउन सक्छ ।

यस महिना, लस एन्जलसको एक रेस्टुरेन्टमा नोरोभाइरसबाट कम्तिमा ८० जना बिरामी परेका थिए ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन ९एफडिए० ले मानिसहरूलाई ‘ओइस्टर’ नखान सल्लाह दिएको छ । ओइस्टर समुद्री बासस्थानमा बस्ने विभिन्न परिवारहरूको लागि साझा नाम हो ।