१९ पुष २०८१, शुक्रबार
,
Latest
भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड राप्रपा नेपालको केन्द्रीय समितीको बैठक शुरु स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौँः मन्त्री पौडेल परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो



अ+ अ-

गलेश्वर, (म्याग्दी) । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ ।

साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।

एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको जिल्लाको विभिन्न स्थानमा रोपिएको धानको गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको हो ।

चालु आर्थिक वर्षमा तीन हजार आठ सय छ हेक्टर जमिनमा धान रोपिएकामा १३ हजार छ सय ६४ मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष सोही क्षेत्रफलमा १२ हजार नौ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो ।

अनुकूल, मौसम रोगको कम प्रभाव, रोपाइँका बेला पर्याप्त वर्षा र बालीलाई पानी आवश्यक परेका बेला पनि वर्षा भएकाले विगतको तुलनामा उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।

दुई हजार दुई सय ९७ वर्ग किलोमिटरमा फैलिएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ । हाल १९ हजार ४ सय ९८ हेक्टरमा मात्र खेती भएको छ । रासस