१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार पुगेको छ । 

भारतमा ५३ लाख ५२ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४२ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।  

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ९९४ जनाको मृत्यु भएको छ । 

केरला राज्यमा ७२ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७७१ जनाको ज्यान गइसकेको छ । यहाँ १ लाख ३१ हजारभन्दा बढी व्यक्ति निको भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ६७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।